सरकारले लिएको बिधेयक बिरुद्धमा उभिए नेकपाकै नेता

जेठ १० काठमान्डौ सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जनसहित पारित हुने दावी गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धि उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताएका।

आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे। नागरिकतासम्बन्धि विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने भन्दै श्रेष्ठले राष्ट्रियतालाई मूल आधार बनाएर सो विधेयक अघि बढाउने पार्टीको धारणा रहेको पनि स्पस्ट पारे।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस