को हुन वाईडबडी जहाज घोटालाका ठुला माछा दिपक शर्मा र क्रिश्चियन नुलेन (भिडियो)

काठमाडौँ नेपालका लागि नेपाली अभियानले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ भएको छ। नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रममा पब्लिक इनोभेटर इन्जीनियर दिपेन्द्र कँडेलले वाईडबडी काण्डका ठुलो माछाको नाम सर्वाजनिक गरेका छन् । राजधानीको बसन्तपुरमा आयोजित बिशाल सभालाई सम्बोधन गर्दै कंडेलले एएआर करर्पोेसनका दिपक शर्मा र हाईफ्लाई एक्स आयरल्याण्डका प्रमुख क्रिश्चियन नुलेनको नाम सार्वजनिक गरेका हुन्। साथै भदौ महिना भित्रमा वाइडबडी घोटालाका सबै परिणाम बाहिर ल्याई सक्ने जानकारी दिए
बाँकी भिडियोमा हेर्नुहोला ।

शनि, जेष्ठ ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस