प्रतिबन्धित खानेतेल बजारभरि छ्याप्छ्याप्ती। जनचेतनाको लागि सक्दो सेयर गर्नुहोस।

जेठ १२ काठमान्डौ नेपाली बजारमा भारतीय तेल गैरकानुनी रुपमा बिक्रि हुन थालेपछि सरकारले गत वर्षदेखि आयातमा प्रतिबन्ध लगाएपनि नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचबिना नेपालमा भित्रिरहेको छ।

भारतीय ब्राण्डका चक्र तुलसी जयभारत सनलाइट टेक्टर र बैलकोलु सनमुन फरट्युन तड्का लगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका छन्। तस्करले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेल नेपाल भित्र्याइरहेका छन्। दैनिक करिब दुई हजार लिटरसम्म अखाद्य तेल अवैधरूपमा नेपाल भित्रिरहेको नेपालगंज का व्यापारीले जानकारी दिए।

अखाद्य खाने तेलको बिगबिगी भारतीय बजारमै बढेपछि सीमावर्ती रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्ने गर्न थालेको रुपैडिहाका स्थानिय ब्यापारी बताउछन। उनीहरु भन्छन भारतिय तेलमा धेरै मिसावट भएकै कारण हामी यहाँको तेल प्रयोग गर्दैनौँ हामी पनि नेपालबाटै ल्याएर तेल खान्छौँ यहाँको तेल ठीक छैन। ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बेचबिखन भइरहेको छ। हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ।

भारतबाट भित्रिने अखाद्य मानिएका खानेतेलमा अत्यधिक मिसावट हुने गरेका कारण मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले तत्काल रोक्न स्थानीय प्रशासनले चासो देखाउनुपर्ने नेपालगन्जका स्थानिय बासिन्दाले माग गरेका छन्। उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले खुला सीमानाकाको फाइदा उठाउँदै तस्करले भारतीय खानेतेल ल्याएर नेपाली बजारमा बिक्री वितरण गर्दा नेपाली उद्योग समस्यामा परेको छ। करोडौँको लगानीमा स्थापित नेपाली उद्योग लगानीकर्ताले गुणस्तरहीन तथा प्रतिबन्धित तेलका कारण नेपाली व्यवसायी धरासायी हुने अवस्थामा पुगेको उहाँको भनाइ छ। सस्तो मूल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको बिक्री घटेको छ। भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो पनि हुने गरेको छ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जाँचका लागि आबस्यक प्रबिधि अभाब र जाँचको अधिकार नभएकाले अहिलेसम्म कुनै जाँच नगरेको बताए। त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइरहेको भन्ने सुन्नमा आएकाले अनुगमन गरेर त्यसमा पूर्णरूपमा रोक लगाउने बताउनुभयो।

आइत, जेष्ठ १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस