धरानमा लुटेरा समूहले चलायो गोलि

जेठ १२ काठमान्डौ आइतबार दिउँसो सुनसरीको धरानमा गोली चलेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले एउटा माइक्रो फाइनान्स कम्पनीको पैसा लुट्न आएको लुटेरा समूहले गोली चलाएको जानकारी दिए।

मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको सुरक्षा गार्डलाई गोली हानेको भन्ने छ घाइतेको पेटमा गोली लागेको प्रजिअ उप्रेतीले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

आइत, जेष्ठ १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस