घट्टेकुलो र सुकेधारा सिलिन्डर विस्फोट ३ जनाको मृत्यु

काठमाडौंमा आइतबार दिउँसो भएकाे छुट्टाछुट्टै ग्यास सिलिण्डर विस्फाेटमा दुई जनाकाे मृत्यु भएकाे छ । दुबै विष्फाेटका घटनामा आठ जना घाइते भएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीले जानकारी दिए ।प्रहरीकाअनुसार सुकेधारामा एक जनाकाे मृत्यु र पाँच जना घाइते भएका हुन् । अनामनगरमा एक जनाकाे मृत्यु र तीन जना घाइते भएकाे बाेगटीले बताए । डिएपपी बाेगटीका अनुसार मृत्यु हुने व्यक्तिकाे कुनै जानकारी खुल्न सकेकाे छैन । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

आइत, जेष्ठ १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस