सञ्चारिका समुह चितवनले आयोजना गरेको महिनावारी सम्बन्धी सजगता बिषयक अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

चितवन जेठ, १६ ।
महिलाहरु महिनावारी भएको समयमा हुने मानसीक तथा शारिरिक तनाव ब्यवस्थापनको लागी परिवारका पुरुषहरु महत्वपुर्ण हुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सञ्चारिका समुह चितवनको आयोजनामा बुधबार भएको महिनावारी र सो समयमा अपनाउनु पर्ने सजगता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । अन्तराष्ट्रिय महिनावारी सजगता दिवसको सन्दर्भमा आयोजीत कार्यक्रममा बोल्दै उनिहरुले सबै भन्दा पहिले महिनावारी सम्बन्धी मानसीकता बदल्नु पर्ने बताउदै यसमा पुरुषहरुको महत्वपुर्ण भुमिका हुने बताएका हुन् ।

परिवारका पुरुषहरुले नै महिनावारी सम्बन्धिका मानसिकता परिवर्तन गर्नसके अन्य सदस्यमा समेत स्वत: परिवर्तन हुने उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य तथा सञ्चारिका समुह चितवनकी निवर्तमान अध्यक्ष सिर्जना अर्यालले महिलाहरुको महिनावारी कहिल्यै अछुत नहुने बताउनु भयो । उहाँले धर्ममा समेत देवी महिनावारी भएको समयमा पुजा गरिने बताउदै मानिसको सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका अर्यालले महिनावारी आमा बन्ने अवसर भएको भन्दै यसलाई सम्मान गर्न समेत सुझाव दिनु भयो । अन्तरक्रियामा स्वाथ्यकर्मी तथा कुमारी नर्सीङ कलेजका प्रिन्सिपल सरस्वती तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । उहाँले महिलाहरुको महिनावारीको समयमा हुने समस्या, यसबाट बच्ने उपाए, सुरक्षित सेनेटरी प्याडको प्रयोग लगाएतका बारेमा सहजिकरण गर्नु भएको थियो,भने उपस्थित हुने महिलाहरुले बिभिन्न समस्याको बारेमा जानकारि गराएका थिए ।

यस्तै सञ्चारिका समुह चितवनकी अध्यक्ष अजिता अधिकारीले महिलाहरुमा रजस्वला सम्बन्धि सजगता गराउने उद्वेश्यले सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, आशा अस्पतार भरतपुरकी सञ्चालक शारदा कुवर, क्रियाशील महिला पत्रकार(wwj) चितवनका अध्यक्ष प्रमिता ढकाल , यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवन सहसम्योजक तथा महिला शसक्तिकरण अभियानका अध्यक्ष संगीता भट्टराई, अधिवक्ता कल्पना उप्रेती लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा समुहकी उपाध्यक्ष गीता गुरुङले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सचिव आशा खरेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

बिहि, जेष्ठ १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस