यस्तै रबैया हो भने कसले गर्छ लगानी ? – सुमार्गी

जेठ १७ काठमाडौं– वसायी अजयराज सुमार्गीका नाममा रहेका विभिन्न २२ वटा बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ। व्यवसायी अजय सुमार्गीलाई अवैधानिक रुपमा विदेशी लगानी भित्राएको आरोप लाग्दै आएको छ।

तर सुमार्गीले भने बैंक खाता रोक्का गरेकोबारे आफुलाई कुनै जानकारी नभएको र राष्ट्र बैंकको पत्र समेत आफुले नपाएको प्रतिकृया दिएका छन्। उनले राष्ट्र बैंकको यस्तै रवैयाले विदेशी लगानी भित्र्याउन नसकिने भन्दै यस्तो वाताबरणमा व्यवसाय गर्न गाह्रो हुने बताए। उनले विदेशी लगानी भित्र्यउने सरकारको नीति भए पनि राष्ट्र बैंकनै यस्तो तगारो भएपछि विदेशी लगानीकर्ताहरु हच्किने समेत बताए। अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार गर्ने बैंक खाता रोक्का गर्नु अन्याय हुने पनि सुमार्गीको भनाई छ।

शुक्र, जेष्ठ १७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस