विप्लपका छोरा प्रकाशलाई प्रश्न तपाइँसंगै जनयुद्द गरेका मान्छे जहाँको त्यहिँ छन् तपाइँ डाक्टर पढ्दै हुनुहुन्छ, खर्च कहाँबाट जुट्छ (भिडियो)

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले केहि समययता उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ।यस पार्टीकाअधिकांश नेता तथा कार्यकर्ता पछिल्लो समय लगभग भूमिगत अवस्थामा रहेकै बेला पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्।
प्रस्तुत छ सोहि पार्टीका स्वास्थ्य सङ्गठनको केन्द्रीय महासचिव समेत रहेका विप्लबपुत्र प्रकाश चन्दसंग सुनौलो नेपालका लागि मोहराज शर्माले गरेको कुराकानीको केहि अंश।

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
अहिले मेरो समय यहि अस्पतालमै बितिराखेको छ भन्दा पनि हुन्छ। एउटा मेडिकल क्षेत्रको मान्छे भएकाले अहिले बिरामीको सेवा संगसंगै पढाइमा नै समय बिताइराखेको छु।

अहिले सम्पूर्ण नेपाली जनताले शान्तिको अपेक्षा राखेको बेला तपाइँको पार्टीले गर्ने गरेका गतिविधिहरुले जनताले फेरी अशान्ति फैलिने पो हो कि भन्ने नेपाली जनतामा चिन्ता छ। यसमा के भन्नुहुन्छ ?

बालुवाटार र सिंहदरबारभित्र केहि झुण्ड नेता र मन्त्रीहरुमा शान्ति छ भन्दैमा सबै नेपाली जनतामा शान्ति प्राप्त छ भन्नु गलत छ। केपी ओली र प्रचण्ड लगाएतका केहि नेताहरु को गाडीभित्र शान्ति हुदैमा समग्र देशमा शान्ति छ भन्न मिल्दैन। कति जनताले सिटामोल खान नपाएर ज्यान गुमाउनुपर्ने अबस्था छ। त्यसैले सम्पूर्ण जनताले आफ्ना आधारभूत आबस्यक्ता पुरा गर्न सकेको खण्डमा मात्र देश मा शान्ति हुन्छ।

तपाइँको पार्टीले गर्ने यस्ता क्रियाकलापले गर्दा फेरी पनि युद्द हुने पो हो कि भन्ने डर पनि छ नि ?

यो प्रश्न हामीलाई भन्दा पनि केपी ओली प्रचण्डलाई सोध्नु उचित होला । युद्द हामीले चाहेको होइन र हाम्रो रहरको बिषय पनि होइन। युद्दको पिडा मैले नजिकबाट देखेको र भोगेको पनि छु। केपी ओली र प्रचण्डले चाहेका छन् युद्द। अहिले अभियानमा खटिएका हाम्रा कयौ साथीहरुलाई समातेर गोलि हानेर युद्दको नाम दिने दोहोरो भिडन्तको नाम दिने ? उनीहरुले गोलि हान्दा युद्द नहुने हामीले भ्रस्टचारी दलाल माफियाहरुको बिरुद्दमा संघर्ष गर्दा अशान्ति हुने ? त्यसैले युद्द हाम्रो चाहना होइन र जहाँसम्म फेरी पनि युद्द हुन्छ कि भन्ने कुरा छ यो संघर्ष हो र यसमा दुख सबैलाई हुन्छ त्यसैले यो संघर्ष गर्न बाध्य पार्ने दलालहरुलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो।

तपाइँहरु बार्तामा आउन किन चाहनुहुन्न ?

बार्ता भनेको गित गाएर नाटक मन्चन गरेर हुने कुरा होइन। हामी बार्ताको लागि सधै तयार नै छौ तर गम्भीर र संबेदनसिल भएर आउनुपर्यो नि। एकापट्टी विप्लबलाइ इन्काउन्टर गर्ने भन्ने अनि अर्कापट्टी बार्ताको ढ्वांग फुक्ने ? यस्तो दोहोरो चरित्रले कसरि सम्भव हुन्छ बार्ता ?

तपाइँसंगै जनयुद्द गरेका मान्छे जहाँको त्यहिँ छन् तपाइँ डाक्टर पढ्दै हुनुहुन्छ, यसका लागि ठूलो रकम आवश्यक पर्छ। तपाईँको खर्च कहाँबाट जुट्छ?

हामी ठकुरी खानदान भएको हिसाबले पनि लाहुरे परिवारको पृष्ठभूमि छ। त्यसकारणले गर्दा मेरो लागि डाक्टरी पढ्नै नसक्ने विषय होइन। हाम्रो परिवारको जुन स्थिति छ त्यो भन्दा निकै तल गएर हामीले हाम्रो बालापन बिताएका छौँ। यसमा धेरै साथीहरूको पनि सहयोग रहेको छ। सीएमसी कलेजले हाम्रो अनुरोधमा धेरै खर्च लिएको छैन।

जनताका छोराछोरीलाई नेपाल बन्द, विप्लबका छोरालाई ६० लाखको बाइक भन्ने आरोप छ नि ?

यो गलत कुरा हो। यसमा कुनै व्यक्तिगत भन्दा पनि एउटा ठुलै शक्तिले गरेको षडयन्त्र हो। हो म त्यो बाइकमा चढेको हो तर चढेको भन्दैमा मेरो नै हो भन्ने होइन। पार्किङ्गमा राखेको बाइकमा चढेको मात्र हो। म कुनै दिन महँगो गाडीमा चढेर फोटो खिचौला प्लेन चढेर खिचौंला अब त्यो सबै मेरो हुन्छ त ? त्यसैले यो सब भतुवाहरुको षडयन्त्र हो। भ्रममा नपर्नुहोला।

शनि, जेष्ठ १८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस