ब्राजिलियन स्टार नेयमारमाथि लाग्यो बलात्कार आरोप

जेठ १९ काठमाण्डौ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्ट्राइकर नेयमारमाथि पनि बलात्कार आरोप लागेको छ। इटालियन क्लब युभेन्टस का पोर्चुगिज स्ट्राइकर रोनाल्डोमाथि अमेरिकन महिलाले बलात्कार आरोप लगाइरहेको बेला नेयामारमाथि यस्तो आरोप लागेको हो। इन्स्टाग्राममार्फ एक महिलाले आफू ब्राजिलबाट फ्रान्स पुगेका बेला नेयमारले एक होटलमा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।

इन्स्टाग्राममार्फत् चिनजान भएपछि नेयमारले उनलाई आफ्ना साथीमार्फत् फ्रान्सको एक होटलमा बस्ने व्यवस्था मिलाएको उनले बताएकी छन्। उनले प्रहरीमा दिएको उजुरीमा नेयमार मातेर आफू बसेको होटलेमा आएको उल्लेख गरेकी छन्। पेरिसस्थित होटल द सोफिटेल पेरिस आर्क डे ट्रिमोफेमा बसेकी ती महिलामाथि मातेको सुरमा आक्रमक भएका नेयमारले बलात्कार गरेको समाचार डेली मेलले प्रकाशित गरेको छ। नेयमारबाट आफूमाथि यौनहिंसा भएको आरोप लगाएकी ती महिला पेरिसबाट १७ मेमा ब्राजिल फर्किएकी थिइन्। यसबारेमा नेयमारले केही प्रतिक्रिया दिएका छैनन्।

आइत, जेष्ठ १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस