भरतपुरमा आज जेष्ठ नागरिकहरुको आँखाको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

जेठ १९ चितवन
आशा खरेल
जेष्ठ नागरिक संघ चितवनको आयोजना तथा भरतपुर आँखा हस्पिटलको प्राविधिक सहयोगमा आज भरतपुरमा जेष्ठ नागरिकहरुको निशुल्क आँखा जाँच गरिएको छ ।

वरिष्ठ नेत्र बिषेशज्ञ पुष्पा गिरीको समूहले जेष्ठ नागरिकहरुको आँखा जाँच गर्नु भएको थियो । उक्त कार्यक्रममा लगभग साढे तिन सय भन्दा बढी जेष्ठ नागरिकहरुले आँखा जाँच गराउनु भएको हो ।

सो कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथी रहनु भएको थियो । सांसद पोखरेलले जेष्ठ नागरिकहरु बस्ने भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । उहाँले हरेक व्यक्ति स्वस्थ रहन नियमित रुपमा आफ्नो स्वास्थ्यको हेरविचार गर्नु पर्ने बताउनु भएको थियो ।

जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सीनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आइत, जेष्ठ १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस