विश्वकपको मुखैमा भारतलाई लाग्यो यति ठुलो धक्का, कोहली भए चोटग्रस्त।

जेठ २० काठमान्डौ आइसिसी विश्वकप २०१५ को उपाधि दाबेदारका रुपमा हेरिएको भारतीय टोलीलाई कप्तान विराट कोहलीलाई लागेको चोटका कारण चिन्ता थपिएको छ।शनिबार नेट सेशनका क्रममा कोहलीको अँगुठामा चोट लागेको थियो।

टिमका फिजियो पेट्रिक फरहतका अनुसार विराटलाई उपचार गर्दै आराम गर्न भनिएको छ। चोटपछि विराटले अँगुठामा बरफ लगाएर सेकेको दृश्य सार्वजनिक भएको थियो। तर फिजियोले उक्त चोट धेरै गम्भीर नभएको वताएका छन्। विराट कोहली भारतको कप्तानमात्रै नभएर मुख्य ब्याट्सम्यान पनि भएका कारण उनको इञ्जुरीले टोलीको प्रदर्शनमा ठुलो अर्थ राख्ने देखिन्छ।

जुन ५ मा भारतको पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध छ।

सोम, जेष्ठ २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस