भब्य सांस्कृतिक कार्यक्रम गर्दै किराँती नव सांस्कृतिक केन्द्र

जेठ २० काठमान्डौ किराँती नव सांस्कृतिक केन्द्रले यलम्बर सांस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ। नेपालकै एक प्रमुख चाड तथा किराँती समुदायको महान चाड उभौली को अबसरमा आगामी जेठ २९ गते बुधबार कार्यक्रमको आयोजना गर्न लगिएको बताइएको छ।

उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद दुइ लाख दश हजार सहित कबि तथा गीतकार भुपाल राईलाई प्रदान गरिने जनाइएको छ। त्यस्तै किराती नव सांस्कृतिक सम्मान नगद टिष हजार सहित गायक कुबेर राईलाई र किराती नव सांस्कृतिक प्रतिभा पुरस्कार नगद बिष हजार सहित गायिका मेलिना राईलाई प्रदान गरि सम्मान गरिने बताइएको छ।

२०६७ सालमा प्रगतिशील गीतहरुको श्रब्य गीति संग्रह तायाजोङको आवाज भब्य कार्यक्रमका बिच बिमोचन गरेको यस संस्थाले २०६९ सालमा रास्ट्रिय नाचघर जमलमा एक सांस्कृतिक कार्यक्रम गरि सफल अभिनेताद्वय दयाहाङ राई र विल्सन बिक्रम राईलाई रामप्रसाद राई स्मृति परस्कार प्रदान गरि सम्मान समेत गरेको थियो।

सोम, जेष्ठ २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस