कुलमान घिसिङ्ग बिरुद्द नेकपा संसद महेश बस्नेतको माग घिसिङ्गलाई अख्तियारले छानबिन गरोस

जेठ २१ काठमाण्डाै पुर्बमंत्री तथा सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले विद्युत् प्राधिकरणको नौ अर्ब बक्यौताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले बक्यौता र भारतबाट खरिद गरिएको विद्युत् उपभोगबारे छानबिन गर्न माग गरेका हुन्।

बस्नेतले संसदमा भने सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको बैठकमा विद्युत् प्राधिकरणको नौ अर्ब बक्यौता उठ्न बाँकी रहेको कुरा उठाउनुभयो। त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाट बिजुली प्रयोग गरे पनि नगरे पनि भारु ६.६८ वा नेपाली १० रुपैयाँ ६८ पैसा तिर्नुपर्ने बारेमा प्रश्न उठाउनुभयो। यो प्रश्न उठाइसकेपछि मिडिया र सोसल मिडियाले उहाँलाई तल्लो स्तरमा ओर्लेर गाली गरे। स्वयं कुलमानजीले मलाई घेराबन्दी गरियो। मलाई अनेक आरोपहरु लगाइयो भनेको पनि सुनियो। यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीलाई कारबाही गरोस्।

सांसद बस्नेतले कुलमान घिसिङले गरेका राम्रा काममा सबैको साथ र सहयोग रहे पनि सांसद अमनलाल मोदीले उठाएका कुरा गम्भीर रहेको बताए।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस