संसदमा गगन थापाको गर्जन बालुवाटारको जग हल्लाउने बिष्णु पौडेलको चुनौती स्वीकार छ, ६ करोड पैसा चाहिएको हैन(भिडियो)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको चुनौतीलाई स्वीकार गरेका छन् । सोमबार प्रतिनिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा महासचिव पौडेलले वृद्ध भत्ताका बारेमा प्रतिपक्षी दललाई दिएको चुनौतीलाई मंगलबार नेता थापाले स्वीकार गरेका हुन् ।

हुन त एक जना बलवान सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्नुहुन्छ– यहाँ उभिएर चुनौती दिनुभयो– वृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले भनेमेरो हिम्मत छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा पाँच हजार वृद्धभत्ता पुर्याउँछु भनेर भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेको मात्रै होइन । कानुन बनाउँदै गर्दा ७० वर्षभित्रलाई आधार वर्ष बनाउनुपर्छ भनेर उमेर झार्न पाइँदैन भनेर कानुन संशोधन गर्न लगाउने सांसद हुँ म ।

नेता थापाले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र नभएर गैरनगदको प्रबन्ध गरेर पनि सामाजिक सुरक्षा गर्न सकिने बारेमा सरकारलाई सुझाव दिए ।सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन । गैरनगदको प्रवन्धबाट तीन हजारमात्र होइन ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने भन्ने बारेमा छलफल गर्ने कुरा वान्छनिय छैन उनले सरकारलाई प्रश्न गरे ।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस