महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ज्योतिष अर्जुन क्षेत्री प्रहरीको फन्दामा

जेठ २१ काठमाडौं देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले उनलाई प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको जानकारी दिए। उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
क्षेत्रीले जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस