संसदमा घनश्याम भुसालको दुखेसो, भन्छन ठुला भ्रस्टाचारमा रास्ट्रिय सहमति हुन्छ।

जेठ २१ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भुसालले आम चरित्र नै यस्तो भैरहेको बताएका हुन्।

कर्मचारीतन्त्रबाट मात्र अर्बभन्दा माथिको भ्रष्टाचार हुन नसक्ने भए पनि कहिलेकाहीँ कारवाही हुँदा त्यही पर्ने भन्दै नेता भुसालले कारबाहीमा माथिका कम पर्ने गरेको बताए। यसर्थ निःसन्देह भन्न सकिन्छ, ठूला भ्रष्टाचार एक्लै हुँदैन। त्यहाँ राष्ट्रिय सहमति बन्छ। मिलिट्री इन्डस्ट्री नेक्ससजस्तै दलाल पुँजीवाद र परजीवी राजनीतिको नेक्सस छ उनले भने। बजेटले परिवर्तनपछिको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले राजनीतिक आयामबाट यसको चर्चा हुनुपर्नेमा जोड दिए।

बजेटमा साधारण खर्चभन्दा पुँजीगत खर्च कम हुँदै गएको कुरा मुलुकको हितमा नहुने उनले स्पस्ट पारे।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस