नेकपाको सचिबालय बैठक सहमति नगरी टुंगियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सकेन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यविभाजनका विषयमा छलफल भए पनि टुंगो लगाउन नसकेको नेता झलनाथ खनालले जानकारी दिए ।

उनका अनुसार भोलि बुधबार १२ बजे बस्ने बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने तयारी छ ।७७ वटै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने विषयमा छलफल भएको नेता खनालले जानकारी दिए ।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस