भ्रम फैलाउने ज्योतिषीलाई ६ महिना जेल एक लाख जरिवाना, एसएसपी र डिएसपी यसो भन्छन

सुनौलो नेपाल – केहि दिन अगाडी नेपालमा ठूलो भूकम्प आएर प्रलय हुने भनी भ्रम फैलाएको आरोपमा ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

क्षेत्रीले नेपालमा भूकम्प आउने, संसार ध्वस्त हुनेजस्ता भ्रमपूर्ण खबर अनलाइन, युट्युब मा सार्वजनिक भएपछी उजुरीका आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।

उनीमाथि मुलुकी ऐन भ्रम फैलाउन नहुने दफामाथि अनुसन्धान गरि कारबाही अगाडी बढाउने प्रहरीले जनाएको छ। उनलाई ६ महिना जेल र १ लाख जरिवाना वा दुबै सजाए हुन सक्ने व्यवस्था यो ऐनमा छ।

हेरौ यहि बिषयमा डिएसपी होबिन्द्र बोगटी र एसएसपी उत्तमराज सुबेदीसंग सुनौलो नेपालका लागी गरीएको कुराकानी

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस