परराष्ट्रमन्त्री ज्ञवालीको गीतिनाटक ‘नेपाल–गाथा’ नाटक मन्चन

२१ जेठ, काठमाडौं । राजनीति संगसंगै गीत कबिता नाटक प्रस्तुत गर्दै नेपाली साहित्यमा जमेका नेकपा नेता तथा हालका परराष्ट्रमन्त्री
प्रदीपकुमार ज्ञवालीको गीतिनाटक ‘नेपाल–गाथा’ नाटक मन्चन भएको छ।

नेपाली साहित्यमा ‘शीतविन्दु’उपनामबाट परिचित ज्ञवाली गीतिनाटक ‘नेपाल–गाथा’ सोमबार राष्ट्रपति बिध्या देवी भण्डारी उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरु लगायत अन्य व्याक्तिहरुको उपस्थिति रहेको थियो।

टकमा रामापिथेकसदेखि गोपाल वंश, महिषपाल वंश, किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल, राणाकालको अन्त्यका लागि नदीमा हाम फालेर योगमायाले गरेको जलसमाधिसम्मका विषय समेटिएका छन्।

राणाकालको समयमा मृत्युदण्ड दिइएका शहीदको योगदान, प्रजातन्त्र प्राप्तिको समय, २०१५ सालको आमनिर्वाचनपछि बीपी कोइराला प्रधानमन्त्री हुँदा जनतामा छाएको उत्साहदेखि २०१७ सालमा राजा महेन्द्रले अधिकार आफ्नो हातमा लिएको तथा विभिन्न आन्दोलन र घटनाक्रमलाई नाटकमा समेटिएको छ। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाका अनुसार नाटक पुनः मञ्चन गरिनेछ।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस