पदीय गरिमा र पार्टीको प्रतिस्ठाप्रति सचेत रहन इटहरीका मेयरलाई योगेश र शंकरको सुझाब

जेठ २२ काठमाडौं सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी यतिबेला चौतर्फी विवादमा छन्। दुई साताअघि पत्रकार कृष्णबहाव भट्टराईलाई लोपारेर विवादमा आएका चौधरीले मंगलबार मात्रै अर्का पत्रकार विराट अनुपमलाई फोनमा धम्क्याए मार्ने नै धम्की दिए। त्यसपछि मंगलबार राति नै एउटा टेलिभिजन कार्यक्रमसँगको कुराकानीमा आफूविरुद्ध लाग्ने पत्रकारलाई कालो मोसो दली टिन ठटाएर बजार घुमाउने चेतावनी दिए।

उनी आवद्ध नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले मेयर चौधरीको यो अराजक गतिविधिप्रति गम्भीरआपत्ति प्रकट गरेका छन्। नेकपा नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै मेयर चौधरी हकी स्वभाव प्रष्ट वक्ता र इमान्दार भए पनि उनको अहिलेको कार्यशैली गलत रहेको बताएका छन्। उनले पत्रकार र कतिपय व्यक्तिबारेमा मेयर चौधरीबाट व्यक्त भएका धारणा उनको सार्वजनिक पद र जनप्रतिनिधिका हिसाब कदापि नसुहाउने बताएका छन्।

त्यस्तै नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेयर चौधरी हकी स्वभावका भए पनि पार्टीको मान्यताबारेमा उनका बुझाइ गलत रहेका बताएका छन्। पोखरेलले नेकपाले विधिको शासनमा विश्वास गर्ने बताउँदै यसमा कार्यकर्ता झन् इमानी हुनुपर्नेमा जोड दिएका छन्।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस