चन्दा नदिएको भन्दै मेयरमाथि आक्रमण

जेठ २२ काठमाडौं रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तरमाथि आक्रमण भएको छ। स्थानीय मस्जिदमा इद मनाउने क्रममा स्थानीय शेख निषाधले चन्दा मागेको र प्रमुखले दिन्न भनेपछि तत्कालै उनले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राजपुर नगरपालिकाका सूचना अधिकारी बैजु ठाकुरका अनुसार आक्रमण गर्ने युवाहरूले अख्तरको टाउकोमा टर्च लाइटले प्रहार गरेर घाइते बनाएपछि उनलाई तत्कालै जिल्ला अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगन्ज लगिएको राजपुर नगरपालिकाका सूचना अधिकारी बैजु ठाकुरले जानकारी दिए।

मेयर अख्तरको टाउको र आँखामा गहिरो चोट लागेको छ। मेयर अख्तरले भने चन्दाको निहुँ भएता पनि आफूलाई सुनियोजित रूपमा आक्रमण गरिएको बताएका छन्। आक्रमण गर्ने युवाहरू फरार छन्।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस