आज पनि जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी नतोकी टुंगियो नेकपा सचिवालय बैठक

जेठ २२ काठमाडौं बुधबार बसेको नेकपा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज पनि जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्न सकेन।

छलफल राम्रो भएको तर प्रधानमन्त्रीे अर्को कार्यक्रममा जानुपर्ने भएकाले निर्णयमा पुग्न नसकिएको प्रवक्ता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। भोलि बिहान ९ बजे पुनः बैठक बस्ने उनले जानकारी दिए।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस