आमनेसामने हुँदै भारत र दक्षिण अफ्रिका, टस जितेर ब्याटिङ गर्दै दक्षिण अफ्रिका

जेठ २२ काठमाडौं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। साउथह्याम्पटनस्थित द रोजमा केहि बेरमा भारतले दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्नेछ।

भारत आजको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ। बलियो टोली तथा विश्वकप विजेताको रुपमा मानिएको भारतको यो पहिलो खेल हो। अनुभवी खेलाडी सम्मिलित भारत तेस्रो विश्वकपको उपाधिका लागि सुरुआत नै रोमाञ्चक बनाउन चाहन्छ। उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद चोटमा समेत ग्रसित दक्षिण अफ्रिका भारतलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा रहनेछ। भारतसँग खेल्नु एकदिन अघिमात्र मंगलबार अफ्रिकाका डेल स्टेन टोलीबाट बाहिरिँदा दक्षिण अफ्रिकालाई केही असहज हुनेछ।
एजेन्सीको सहयोगमा

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस