धादिङबाट प्रहरीको खोजी सुचीका गुण्डा नाइके राधे भण्डारी पक्राउ

२३ जेठ, धादिङ । गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका छन्।ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ ।
को हुन् राधे भण्डारी
नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी बिगत लामो समय देखि राजनितिक आडमा गुण्डागर्दी गर्दै आएका थिए । दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए । त्यसपछि पक्राउ परेपनि राजनितिक दबाबमा धरौटीमा छुटेका थिए ।

 

 

 

 

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस