पत्रकार मार्न मेयरले दिए परशुराम बस्नेतलाई करोडको सुपारी, फोनमै अश्लिल शब्दबाट सुन्नै नसकिने गाली (अडियो)

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई बारम्बार धम्की दिइरहेका छन्।
आज दिउँसो १ बजेको समयमा फोन गरेरै उनले गुण्डालाई आफूले परिचालन गरिसकेको भन्दै धम्की दिए।

उनले तेरो नाकको हड्डी भाँचिदिन्छु भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको धम्की दिएका थिए। त्यसको करिब ५ घण्टापछि अनुपमलाई फोन गरी चौधरीले आफ्नो सुरक्षा गर्न आग्रह गरेका हुन्।आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता डिक्टेट स्वभावको हुने बताएका छन्। ६ मिनेट लामो कुराकानीमा उनले आफूले सुपारी दिइसकेकोले सुरक्षित हुन दबाब दिएका हुन्।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस