पत्रकारलाई ज्यान मार्ने धम्कि दिने इटहरीका मेयरलाई कारबाही गर्न सांसदको माग

जेठ २३ काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कारबाहीको माग गरेकी छिन्। प्रतिनिधिसभा बैठकमा परियारले इटहरीका प्रमुखको हर्कत गलत भएको भन्दै कारबाहीको माग गरेकी हुन्।

सुनसरीको इटहरी महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए। उनले एक टेलिभिजन कार्यक्रमको कुराकानीमा पनि पत्रकारलाई कालो मोसो लगाउने बताएका थिए।

दसौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ। लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त कांग्रेस सांसद परियारले भनिन अन्यथा राज्य छ भने तत्काल कारबाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत् आग्रह गर्दछु।

मेयर चौधरीले पत्रकार अनुपमलाई फोन गरि ज्यान मार्ने धम्कि दिएका थिए। के भनेका थिए त मेयर चौधरीले, सुन्नका लागि तल क्लिक गर्नुहोस।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/_oA4gR3UosY” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस