डिउटीमा बसेका प्रहरी माथि बियरका बोतल र भाटा प्रहार, ३ जना घाईते

डिउटीमा रहेको प्रहरी टोलीमाथि बियरको बोतल प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।बुधबार राति उदयपुरको कटारी नगरपालिका–६ स्थित बिहीबारेमा डिउटीमा खटिएका प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कटरी नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदीप तामाङसहित दुई पुरुष र दुई महिला रहेका छन्।बिहीबारे क्षेत्रमा हो–हल्ला गरी बसेका उनीहरुलाई प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि बोतल र भाटा प्रहार गरेको प्रहरीले जनाएको छ। उनीहरुको आक्रमणबाट तीन प्रहरी घाइते बनेको र उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले घटनामा संलग्न एक जना फरार रहेको र उसको खोजीकार्य भइरहेको जनाएको छ।पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस