प्रचण्डको सुरक्षार्थ डीएसपी सुवेदीको नेत्रित्वमा ५९ सुरक्षाकर्मी

जेठ २३ काठमाडौं प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक डीएसपी नरेशराज सुवेदीलाई पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को निजी सुरक्षा अधिकृत पीएसओको रुपमा खटाएको छ।

दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन्। उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको बताइएको छ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस