कानुनमन्त्रीका दाजु बेपत्ता भएपछि

जेठ २३ काठमाडौं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका ७० वर्षीय दाजु शिवप्रसाद बेपत्ता भएका छन् । उपचारका लागि काठमाडौं आएका ढकाल बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका हुन्। उनी हराएको घर त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै पर्छ। मोरङको सुन्दरहरैचा नगरपालिका बिराट चोकका शिवप्रसाद २०७६ जेठ १५ बाट बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार १५ जेठको बिहान घरबाट निस्किएका शिवप्रसाद ढकाल त्यसपछि सम्पर्कमा छैनन्। बिरामी शिवप्रसाद काठमाडौंका बिषयमा अन्जान नै छन्। उनी मोरङमै बस्थे। उपचारका लागि काठमाडौं आएका बखत बेपत्ता भएका हुन्।

अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी सम्म खटिएको छ ।तर हालसम्म अत्तोपत्तो लागेको छैन। उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरी बताउँछ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस