चेल्सीका स्टार खेलाडी इडिन हजार्ड सय मिलियन युरोमा रियल मड्रिडमा अनुबन्धित

जेठ २३ काठमाडौं बेल्जियमका स्टार फरवार्ड इडिन ह्याजार्ड रियल मड्रिडमा जाने भएका छन्।

रियलले चेल्सीसँग १०० मिलियन युरोमा हजार्डलाई किन्ने सहमति गरेको द गार्जियन मिडियामा उल्लेख छ। लामो समयदेखि रियल जाने हल्ला चलेता पनि दुई क्लबबीच सहमति हुन सकेको थिएन।
ह्याजार्डले ७ वर्षपछि चेल्सी छाड्न लागेका हुन्। चेल्सीमा २८ वर्षीय ह्याजार्डले प्रिमियर लिग २ पटक दुई पटक युरोपा लिग र एकपटक एफ ए कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस