हावाहुरी बारे मौसमविद भन्छन प्रणाली पूर्वबाट उत्तर हुँदै बाहिरियो, डर मान्नु पर्दैन

काठमाडौं । हिजो बेलुका पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट पनि मुक्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ । चिन्ता गर्नुपर्दैन ।हिजो बेलुकी पश्चिममा चलेको हावा बिहान मध्य क्षेत्रमा आइपुगेको थियो त्यही प्रणाली पूर्व सर्ने देखिएको थियो तर त्यो प्रणाली हामीले जाने अनुमान गरेको बाटोभन्दा माथिबाट उत्तरतिर सरेको छ । यसका कारण पूर्वमा यसअघि अनुमान गरेको जस्तो तीव्र गतिको हुरीबतास चल्ने सम्भावना टरेको उहाँले बताउनुभयो ।

यद्यपि ती क्षेत्रमा बदली हुने सम्भावना भने रहेको महाशाखाको भनाइ छ । विहीबार राति धनगढी क्षेत्रबाट प्रवेश गरेको सो मौसमी प्रणालीले जनधनको क्षति गराएको थियो । सो मौसमी प्रणाली पूर्व तर्फ लागेकोमा मध्य क्षेत्र काठमाडौंमा पनि आज विहान हुरी बतास चलेको थियो । त्यस लगत्तै उत्तरतर्फ सो प्रणाली लागेकोमा केहीबेर अघि उत्तरबाट पनि बाहिरिएको मौसमविद्को भनाइ छ ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस