मेयर द्वारिकालाल चौधरीको गर्जन थारुको छोरालाई झुटो र शाही शब्द आईसियो खाईसियो भन्न आउदैन

सुनौलो नेपाल पत्रकार बिरुद्ध केहि कडा अभिव्यक्ति दिएकै कारण बिबाद र चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्‍वारिकलाल चौधरीले अब भ्रष्टाचारीलाई भाटे कारबाही गर्ने कालोमोसो दल्ने टिन बजाएर सडकमा घुमाउने बताएका छन् । स्थानीय सरकारको नेतृत्व गरिरहेका मेयरबाट पत्रकारलाई गरिएको यो ब्यबहारले सम्पूर्ण प्रेस जगतको ध्यान मोडिएको छ ।

एउटा जनप्रतिनिधिका र सामाजिक व्याक्तिका हिसावले पत्रकारको नाक भाँच्नलाई करोड छुट्याएको छु बदला लिन्छु भन्न मिल्छ भन्ने हाम्रो प्रश्नमा मेयर चौधरीले भने म थारुको छोरो झुटो बोल्न आउदैन मलाई शाही भाषा जस्तो आईसियो खाइसियो भन्ने जस्ताको पगेरी लगाएर बोल्न पनि आउदैन मेरो भाषानै ठाडो भएकोले पत्रकारको ब्यबहारलाई सहन नसकेर सो कुरा बोलेको स्पस्टिकरण दिए ।
हेरौ यसै सेरोफेरोमा तयार पारेको यो भिडियो

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस