तस्बिरमा हेर्नुहोस हावाहुरिपछिको कहालीलाग्दो तराई

जेठ २४ काठमान्डौ बिहीबार साँझ आएको हावाहुरीमा परि कैलाली र कञ्चनपुरमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा गोदावरी नगरपालिकाका वीरबहादुर चौधरी र टीकापुरका लहानु डगौरा रहेको प्रहरीले जनाएको छ।

हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएको र उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। १ जना घाइतेलाई भने अवस्था गम्भीर भएपछि नेपालगञ्ज रेफर गरिएको बताइएको छ। त्यस्तै कञ्चनपुरमा पनि हावाहुरीले २३ जना घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम रहेको बताइएको छ।

हावाहुरीले विजुलीको पोल ढाल्दा हावाहुरी प्रभावित क्षेत्र अन्धकारप्राय छ। क्षतिको विवरण संकलन गर्न कठिनाइ भएको र शुक्रबार बिहानैबाट प्रहरी उद्धारमा जुटेको बताइएको छ। अन्य भौतिक संरचनामा पनि ठुलो क्षति भएको छ। हेरौँ हावाहुरीपछी सामाजीक संजालमा आएका तस्बिरहरु।

 

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस