वाइडबडी भ्रष्टाचारबारे छलफलमा पत्रकारलाई प्रवेश निषेध

जेठ २४ काठमाडौँ दुईवटा वाइडबडी विमान खरिद सम्बन्ध गरेको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले पत्रकारलाई निषेध गरेको छ।सभापति पार्वती खरेलले सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रवितेदनमाथि छलफल गर्ने क्रममा शुक्रबार पत्रकारलाई समिति बैठकमा बस्न नदिएकी हुन्।

उपसमितिले प्रतिवेदन तयार पारेको दुई महिनाभन्दा बढी भए पनि अहिलेसम्म सार्बजनिक गरेको छैन। यसअघि संसदकै लेखा समितिले विमान खरिदबारे छानबिन गरेर चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको थियो । उपसमितिको प्रतिवेदनबारे आजै निचोड निकाल्ने भन्दै मर्यादापालक लगाएर पत्रकारहरुलाई बैठकस्थलबाट बाहिर निकालिएको छ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस