आइतबार सार्वजनिक बिदा !

काठमाडौं गृहमन्त्रालयले जेठ २६ गते काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ।
सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।मछिन्द्रनाथको भोटो अवलोकन गर्न राष्ट्रपति जाने चलन छ।

 

 

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस