नाकको मूल्य करोड तोकिएपछि पत्रकार बिराट अनुपम भन्छन मेयर जस्तो पदमा रहेर यस्तो भन्न मिल्छ

जेठ २४ काठमाडौं,इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई बारम्बार धम्की दिएपछि यो बिषयले पत्रकारिताको क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ। इटहरी उपमहानगरपालिकाका मेयरले पत्रकार बिराट अनुपमलाई समाचार लेखेकै भरमा चाटूकार पत्रकार भन्दै धम्किको भाषामा नाक भाँच्नको लागि करोड रुपैया गुण्डलाई बुझाईसकेको बताएपछि पत्रकार बिराट अनुपमलाई मेयरले तपाईको नाक करोडको मूल्य तोकिएको बिषयमा धारणा राख्दै पत्रकार बिराट अनुपमले भने सार्बजनिक व्यक्तिले यस्ता कुराहरु गर्नलाई के कुराले उत्प्रेरित गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।
(भिडियो)

मेयरले धम्किको भाषामा दिएको चुनौतीले आफुलाई केहि फरक नपर्ने र मेयरले आफुले गरेको गल्ति कमजोरीलाई ढाक्नको लागि जातीय कुरा र थारुको सोझो छोरो भनेर सहानुभूति लिने काम सुरु गरेको बताए ।केहि समय अघि मेयरले फोन गरेरै उनले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै धम्की दिए। उनले तेरो नाकको हड्डी भाँचिदिन्छु भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको धम्की दिएका थिए। त्यसको करिब ५ घण्टापछि अनुपमलाई फोन गरी चौधरीले आफ्नो सुरक्षा गर्न आग्रह गरेका थिए।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस