लुटेरा पक्राउ गर्न प्रहरीले चलायो गोली

जेठ २४ काठमाडौं काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।महानगरीय प्रहरी अपराध महाशखाको टोलीले शुक्रबार दिउँसो करिब ३ बजे अत्तरखेलमा लुटेरा छिरिङ तामाङलाई पक्राउ गर्न गोली प्रहार गरेको हो।

प्रहरीले तीन राउण्ड गोली चलाएको र उनलाई खुट्टामा एक गोली लागेको महानगरीय प्रहरी अपराध महाशखाका एसएसपी सहकुल थापले जानकारी दिए। प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको हो। उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस