सत्तारुढ नेकपालाई ठुलो झट्का प्रभावशाली नेता काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

जेठ २४ काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाका ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन्। उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसमा प्रवेश गरेको हुन्।

पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको भन्दै २५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति भ्रम भए पनि काँग्रेस देशभक्त र असली लोकतन्त्रको पहरेदार भएको जिकिर गरे।

नेता हुमागाईंले उनले अब आफूले ललितपुरलाई काँग्रेसको किल्ला बनाउने दाबी गरे। साथै उनले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने पनि बताए। उनले सत्तारूढ नेकपामा कम्युनिष्ट चरित्र नभएको भन्दै कम्युनिस्ट हुँ भन्दा लाज लाग्ने परिस्थिति सिर्जना भएकोले कांग्रेस प्रवेश गरेको स्पस्ट पारे।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस