२ वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेपछि…..

जेठ २५ काठमान्डौ प्रहरीले दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ। बारा जिल्लाको महागढीमाई नगरपालिका १ की ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

बाराका प्रहरीका पक्राउ परेकी गिरीले बिहीबार सोही ठाउँकी दुइ बर्सिया बालिकालाई योनीमा कपडा घुसाएर मार्न खोजेको बारा प्रहरीले जनाएको छ। गिरीले ति बालिकालाई एकान्त गल्लीमा पुर्‍याएर प्लास्टिकको डोरीले दुबै हात बाँधेर र मुख तथा योनीमा कपडाको टुक्रा कोचेर घरअगाडि फालिदिएकि थिइन्। अहिले बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस