आमनेसामने हुँदै ठाकुर र महतो

जेठ २५ काठमाडौं राष्ट्रिय जनता पार्टी राजपा नेपालले २८ २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्दै छ। सोहि महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय पनि गरेको छ। पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएको राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका छन्।

राजपा नेपालले वडादेखि केन्द्रसम्म अध्यक्ष मण्डलको व्यवस्थामा संशोधन गर्दै वडा तहदेखि केन्द्रसम्म दुईपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था गरेको छ। महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा जानेछ।

७ वैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विभिन्न ६ मधेसवादी दलबीच एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो। ती ६ वटै दलका संयोजकहरू महन्थ ठाकुर राजेन्द्र महतो महेन्द्रराय यादव शरतसिंह भण्डारी राजकिशोर यादव र अनिल झा क्रमश अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन्। महाधिवेशनबाट एकल नेतृत्वमा जाने निश्चित भएपछि राजपा नेपालभित्र आगामी अध्यक्षका लागि प्रतिस्पर्धा सुरु भएको छ।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस