को हुन् अस्ट्रेलिया र स्पेनको लागि राजदुत शिफारिस भएका दाहाल र शेर्पा

जेठ २५ काठमाडौं सरकारले अस्ट्रेलिया स्पेन बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिस गरेको छ। अष्ट्रेलियाका लागि महेश दाहाल कतारका लागि नारद भारद्वाज स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा.वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरिएको मन्त्रीपरिषद स्रोतले जानकारी दिएको छ।

को हुन् महेश दाहाल ?
नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन र उनलाई प्रचण्डको प्रस्तावमा सिफारिश गरिएको हो।
को हुन दावाफुटी शेर्पा ?
प्रधानमन्त्री ओलीको प्रस्तावमा स्पेनमा राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्। अमेरिकाबाट मास्टर्स सकेर फर्केकी ३७ वर्षीया शेर्पा पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष हुन्। शेर्पा पर्यटन क्षेत्रमा सक्रिय महिला हुन्।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस