जब अमेरिका र रुसका लडाकु पानीजहाज एक आपसमा ठोक्किनबाट बाल बाल बचे.….

अमेरिका र रुसका दुई लडाकु पानी जहाज गम्भीर दुर्घटनाबाट जोगिएका छन् । प्यासिफिक ओसनमा रहेका दुवै देशका पानी जाहाज आपसमा ठोक्किने अवस्थाबाट जोगिएका हुन् । दुवै निकै नजिक पुगेका थिए ।

पश्चिमी प्रशान्त महासागरमा दुई लडाकु पानी जहाजबिचको दूरी मात्रै ५० मिटर रहेको थियो । दुवै देशले घटनाका लागि एक अर्कामाथि आरोप लगाएका छन् । दुर्घटनाबाट जोगिनका लागि रुसी लडाकु पानी जहाजले आपतकालीन रुपमा दिशा परिवर्तन गरेको थियो ।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस