माइतीघरमा सरकारबिरुद्ध खनिए नागरिक अधिकारकर्मी र पत्रकार

जेठ २५ काठमाडौं शनिबार बिहान माइतीघर मण्डलामा मानवअधिकारकर्मी नागरिक समाज लगायतले संविधान पालनका लागि खबरदारी गरेका छन्। नागरिक स्वतन्त्रताको सम्मान गर्न प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन मानवअधिकार आयोगमाथि हस्तक्षेप नगर्न र न्यायलयको स्वतन्त्रता कायम गर्न लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले माग गरेका थिए।

वरिष्ठ पत्रकार हरिहर विरहीले सरकार स्वयम् संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सिमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भुमिकामा देखिएको भन्दै तत्काल संविधान विपरितका कार्य बन्द गर्न चेतावनी दिए। अधिवक्ता ओमप्रकाश अर्यालले संविधान लोकतन्त्र स्वतन्त्र न्यायपालिका मानवअधिकार प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभुत मुल्य मान्यताविरुद्ध सरकारले विधेयकहरु ल्याएकाले विरोधमा उत्रनुपरेको बताए।

त्यस्तै चिकित्सक डाक्टर गोविन्द केसी मानवअधिकारकर्मी चरण प्रसाई लगाएतले लोकतन्त्रका आधारभुत मुल्य र मान्यतालाई विर्सेर सरकार अधिनायवादी शैलीमा हिँडेको आरोप लगाए।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस