सुर्खेतमा को को थिए ज्ञानेन्द्र शाहीलाई चरम यातना दिने प्रहरीका अधिकृत र जवानहरु, हेर्नुस नाम सहित (भिडियो) !

सुनौलो नेपाल – पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही बिहिबार रिहा भएसंगै सुर्खेतमा उनि बिरुद्द भएको प्रहरी दमनबारे खुलासा गरेका छन् ।शनिबार खुलामंचमा संचारकर्मी संग कुरा गर्दै आफुले पत्रकार बिरुद्द कहिलयै अभिव्यक्ति नदिने र नदिएको जानकारी गराउदै भ्रष्टाचार र देशको बेथिति बिरुद्द अवाज उठाउदा सरकारी दमन बेहोर्नु परेको स्पस्ट पारेका छन् ।

उनले सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दैगर्दा मंचबाट सुर्खेतका डीएसपी प्रदिप क्षेत्रि लात्तीले हानेर खुट्टामा भाचेको निरन्जन घिमिरेले पिठ्युमा हानेको तथा सई भक्ति थापाले टाउकोमा हानेर चोट बनाएको जानकारी दिएका छन् ।यसै गरी सुर्खेत देखि काठमाडौँ लयाउदा सार्बजानिक यातायातमा पछाडी हत्कडी लगाई अपराधीलाई जस्तो ब्यबहार गर्दै खाली खुट्टा कलंकी हुँदै टेकुमा ल्याएर चरम यातना दिएको र यसको नेतृत्व नेपाल प्रहरीका सई टेक पालले गरेको बताएका छन् ।

बिहिबार बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्तरगत सर्बोच्च अदालतले उनलाई रिहाई गर्न आदेश दिएको डा सुरेन्द्र भण्डारीले सुनौलो नेपाललाई जानकारी दिएका छन्।भ्रष्टाचारविरुद्धको अभियन्ता भन्दै सार्वजनिक रुपमा गालीगलौच गर्दै पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै गाली गरेको आरोपमा उनलाई प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस