मेयर चौधरीको गर्जन भ्रष्टाचारी कारबाही गर्दा कसैले बलपुर्बक पदमुक्त गरेछ भने किसानको छोरो हुँ बारी खनेर खान्छु (भिडियो सहित)

सुनौलो नेपाल जेठ २५ काठमाडौँ, केही दिन अगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी यतिबेला चर्चित बनेका छन।सामाजिक संजाल देखि पत्रपत्रिकाका पाना हुँदै चिया पसलमा मेयरका पक्ष र बिपक्षमा बहस चलेका छन् । भने शुक्रबार उनको गृहनगर इटहरीमा उनको समर्थन गर्दै प्लेकार्ड सहितका जुलुस पनि निस्क्यो । तर अहिलेनै उनको समर्थनमा देखिएको माहोल र बिपक्षीले लगाईरहेको आरोप जस्तै उनि कति दोषी वा निर्दोष छन् भन्ने छुट्याउन सकिदैन यसको लागी केहि समय पर्खनै पर्ने देखिन्छ ।

राज्यको चौथो अंग मानिने पत्रकारिता पेसा र पत्रकारलाई सबैले सम्मान त गर्नै पर्छ अझै सार्बजानिक पद धारण गरेर बसेका कानुनको रक्षा गर्ने मेयरले त्यसको पालना गर्नु पर्ने देखिन्छ ।

पछिल्लो समय पत्रकारलाई लोपार्नेदेखि नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको धम्की दिएपछि चौधरी विवादको भूमरिमा परेका छन्। भने आफु भष्ट्राचार बिरोधी भएको र कसैलाई कमिसन नदिएकै भरमा पार्टीका केहि नेता कार्यकर्ता र पत्रकार आफु बिरुद्द लागेको मेयरको दाबी छ । केहि समय अघि नेकपाका नेता योगेश भट्टराईले समेत सार्बजानिक टिप्पणी गर्दै मेयरको कार्यशैली सच्याउनु पर्ने भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।यसै बिषयलाई लिएर नेकपाले मेयर चौधरीलाई कारबाही गर्ने सम्भवनालाई अस्विकार गर्न सकिदैन ।तर मेयर भने पार्टीले जेसुकै भनोस्वा पार्टीले निष्कासन गरोस म भोकै मर्दैन खेतबारी छ। त्यही खेतबारी खनेर खान्छु भन्ने खालको टिप्पणी गरेका छन् ।

थप सुनौलो नेपालले उनकै गृह जिल्लामा गरेको यो अन्तरबार्ताको भिडियो

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस