राप्रपा अध्यक्ष कमल थापा भन्छन ज्ञानेन्द्र देखि विप्लपसम्म अटाउने गोलमेच सम्मेलन गर्नैपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा देखि नेत्रविक्रम चन्द समूह समेत अटाउने लोकतन्त्रको वैकल्पिक बाटोको खोजीमा लागेको बताएका छन् । मिडिया नेपालले आइतबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले सर्वदलीय सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत राष्ट्रिय सहमतिमा पुग्न उनले सरकारको ध्यानाकर्षण पनि गराए। राप्रपाको देशव्यापी आन्दोलन र यात्राको मुख्य माग पनि त्यही भएको उनले प्रष्ट्याए।

निस्तेजको राजनीतिले शान्ति र स्थायित्व नआउने रहेछ भन्ने हामीले बुझिसकेका छौं’ थापाले भने हिजो गल्ती भैसकेपछि अब बुझेर सबैको भावना अटाउने संविधान र व्यवस्थापन गरेर जानुपर्छ।जनआन्दोलनताका माओवादीले भनेको गोलमेच सम्मेलन नगर्दा राजतन्त्र समाप्त भएको उनले बताए। उनीहरुको माग भारतमार्फत आएको थियो त्यसैले राष्ट्रियता जोगाउन सम्मेलनमा जान सकिएन’ अहिले सबैको आवश्यकता भएको छ हामीले २२ बुँदे मागमा गोलमेचलाई प्राथमिकता राखेका छौं।

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस