माईतिघरमा धर्म संस्कृति बचाउन गुठि विधयेकको बिरोध गर्न पुगेका सर्बसाधारणमाथि बर्सिएका प्रहरीका लाठी र पानीका फोहोरा (भिडियो) !

काठमाडौँ गुठी विधेयकको विरोधमा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीमाथि प्रहरीले माइतिघर मण्डलामा दमन गरेको छ ।राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकले हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परा र गुठीको जग्गा व्यक्तिकरण गर्न लागेको भन्दै विरोधमा उत्रेका प्रर्दशनकारी माथि प्रहरीले लाठी र पानीको फोहोरा हानेर दमन गरेको हो ।

त्रिभुवनविश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचले समेत सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए।

गुठी सञ्चालन गरिरहेका व्यक्तिहरूसँग छलफल नै नगरी गुठीयारलाई नै हटाउने प्रावधानसहित ल्याएको थियो।सरोकालवालासँग कुनै छलफल नै नगरी विधेयकहरू संसदमा दर्ता भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका थिए।

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस