अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत, कसले मार्ला बाजी

इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् ।भर्खर सम्पन्न टसमा लन्डन स्थित ओभल क्रिकेट मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले फिल्डिङ गर्ने छ । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । अष्ट्रेलियाले पनि कुनै खेलाडी परिवर्तन गरेको छैन ।

भारतको प्लेइङ ११ शिखर धवन रोहित शर्मा विराट कोहली(कप्तान) लोकेश राहुलमहेन्द्र सिंह धोनीकेदार जाधव हार्दिक पान्ड्या भुवनेश्वर कुमार कुलदीप यादव युजवेन्द्र चाहलजसप्रित बुमराह ।
अष्ट्रेलियाको प्लेइङ ११ डेविड वार्नर आरोन फिन्च(कप्तान) उस्मान खवाजा,स्टिभ स्मि,ग्लेन म्याक्सवेल मार्कस स्टोइनिस एलेक्स केरी नाथन कुल्टर नाईल प्याट कमिन्स मिचेल स्टार्क एडम जम्पा।

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस