यात्रुबाहक बस र ट्यांकर ठोक्किदा १८ यात्रू घाईते, केहि गम्भीर घाईते

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्यांकर र गोरखाबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११:३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन्।
घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ।घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।अहिले दुवै बस र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस