धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गर्नेले पाए सफाई

विराटनगर । धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो ।

२५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउन भन्दै आचार्यले आफैलाई गोली हान्न लगाएको बयान दुबैले दिएका थिए । प्रहरीका अनुसार २९ वर्षीय चौधरीले गोली हानेका थिए भने हतियार व्यवस्थापन लक्ष्मीराज अधिकारीले गरेका थिए ।गत २०७४ साल चैत्र २५ गते विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा हुन लागेको श्रीमद्भागवत् सप्ताह पुराणका लागि प्रमुख वाचकका रूपमा आएका ३१ वर्षीय आचार्यमाथि सोही दिन राति गोली प्रहार भएको थियो।

उक्त घटनाको विरोधमा देशका कैयौँ ठाउमा प्रदर्शन पनि भएका थिए।दाहिने छातीमा गोली लागेका आाचार्य करिब तीन साताको उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए।पक्राउ परेका आचार्यमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय रहेको बताइएको छ।बाराको सिमरा घर भएका आचार्य सुनसरीको बराह नगरपालिकास्थित एक आश्रममा बस्दै आएका थिए।

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस